पूर्व सभामुख महराको थुनछेक बहस

Nov 3rd, 2019

काठमाडौँ, १७ कात्तिक (रासस)

काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने  भन्ने आदेश जारी हुने बताइएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४९३० बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि भएको सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।