• गृहपृष्ठ
  • प्रधानमन्त्री उपचार गरेर फर्केपछि मन्त्रिपरिषद् बैठक शुरु

प्रधानमन्त्री उपचार गरेर फर्केपछि मन्त्रिपरिषद् बैठक शुरु

Nov 3rd, 2019

काठमाडौं १७ कार्तिक 

प्रधानमन्त्री केपी ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरेर फर्केलगत्तै मन्त्रिपरिषद् बैठक  शुरु भएको छ । १२ बजे   बसेको बैठक प्रधानमन्त्री केपी  शर्मा ओलीले  आफैनै निवास बालुवाटारमा   बोलाएको वताइएको छ ।

यसअघि प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गएर हेमोडायलासिस गरेर फर्किएका थिए ।  

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक उपचार भैसेको छ । त्यसपछि उनले निवासमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्  ।