• गृहपृष्ठ
  • ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

Nov 3rd, 2019

भक्तपुर, कात्तिक १७
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्य्विनायक नगरपालिका ६ घलाते बस्ने काभ्रे रोशी घर भएका ३२ वर्षीय बुद्ध लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।