• गृहपृष्ठ
  • विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु

विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु

Nov 3rd, 2019

अफगानिस्तान, १७ कात्तिक (रासस/सिन्ह्वा)

अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ ।

प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९ः०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा पढ्न हिँडिरहेका बालबालिकाहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीले घटनामा अफगानी तालिवान विद्रोहीको सम्लग्नता रहेको हुनसक्ने बताएको छ । तर तालिवान विद्रोहीबाट शनिबार साँझसम्म घटनाबारे केही प्रतिक्रिया आएको छैन ।

दार्कद जिल्लामा विगत दुई महिनादेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूबीच पटकपटक दोहोरो भिडन्त भइरहेका छन् ।