• गृहपृष्ठ
  • लिभरपुलको कठिन जित: इङ्लिस प्रिमियर लिग

लिभरपुलको कठिन जित: इङ्लिस प्रिमियर लिग

Nov 3rd, 2019

काठमाडौँ, १७ कात्तिक 

लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि हात पारेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

 भिल्लाले घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ट्रेजेग्वेटले २१औं मिनेटमा गोल गरेका थिए ।

खेलको  पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुलले  ८७ औँ मिनेटमा एन्डी रोबर्टसनले लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।त्यसपछि  खेलको अतिरिक्त समयमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । 

यो जितसँगै लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अघि रहेको छ । सिटीको २५ अंक छ ।