• गृहपृष्ठ
  • बार्सिलोना लेभान्टेसँग ३-१ गोलअन्तरले पराजित

बार्सिलोना लेभान्टेसँग ३-१ गोलअन्तरले पराजित

Nov 3rd, 2019

काठमाडौँ, १७ कात्तिक 

बार्सिलोना दोश्रो हाफमा ७ मिनेटभित्र लगातार ३ गोल खाएपछि लेभान्टेसँग ३-१ गोलले पराजित भएको छ।

शनिबार राति भएको स्पेनिस ला लिगा अन्तरगत खेलमा घरेलु टोली लेभान्टेले बार्सिलोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले  ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो ।

बार्साले बनाएको १-० को अग्रतालाई लेभान्टेका जोस काम्पानाले ६० औं मिनेटमा  गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै बोर्जा मायोरलको गोलमा लेभान्टेले २–१ को अग्रता लियो ।दोस्रो गोल खाएको केहि मिनेटमा नै लेभान्तेले ३–१ को अग्रता लियो । लेभान्टेले सात मिनेटमा तीन गोल गर्न सफल भएको थियो ।

खेलको ७४ औं मिनेटमा मेस्सीले गोल फर्काएपनि  भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)ले खारेज गरेका थिए । हारपछि पनि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान रहेको छ  र गोल अन्तरको आधारमा रियल म्याड्रिडलाई उछिन्दै शीर्ष स्थानमा कायम छ । जीतपछि लेभान्ते आठौँ स्थानमा उक्लिएको छ ।