• गृहपृष्ठ
  • मुख्यमन्त्री पौडेल शहीद स्मारक विकास समितिको अध्यक्षमा चयन

मुख्यमन्त्री पौडेल शहीद स्मारक विकास समितिको अध्यक्षमा चयन

Nov 3rd, 2019

हेटौँडा,  १७ कात्तिक (रासस)

हेटौँडाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको शहीद स्मारकको संरक्षक तथा व्यवस्थापक संस्था शहीद स्मारक विकास समितिको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल चयन हुनुभएको छ ।

स्मारक विकास समितिको शनिबार सम्पन्न १३औँ अधिवेशनले पौडेललाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । पौडेल स्थापनाकालदेखि नै स्मारकको अध्यक्ष हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा शहीद स्मारक देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा विकास भएको भन्दै आगामी नेतृत्व पनि उहाँले नै लिनुपर्ने स्थानीयले माग गरेका थिए । अधिवेशनले पौडेलको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । अधिवेशनले खेमराज सापकोटाको संयोजकत्वमा लेखा समिति तथा हिमप्रसाद पौडेलको संयोजकत्वमा अनुगमन समिति समेत निर्वाचित गरेको छ ।

व्यवस्थापन समितिको सदस्यहरुमा रामेश्वर राना, अनन्त पौडेल, रामचन्द्र राई, मुनु सिग्देल, जुनेली श्रेष्ठ, बद्री लम्साल, अरुणराज सुमार्गी, माइकल रामचन्द्र अर्याल, सम्राट तुम्बाहाङ्फे, इन्द्र नेपाल, नवीन सिग्देल, मनोज सुवेदी, विष्णु ओझा, सुमित्रा काफ्ले, सुदर्शन अधिकारी, विष्णु खनाल, अक्कल रोक्का, अजित विडारी, बलराम अधिकारी, पद्मा पौडेल, शर्मिला डङ्गोल, गोविन्द अर्याल, विश्वराज बानियाँ, विष्णुगोपाल महर्जन र नर्मदा पोखरेल चयन हुनुभएको छ । यसैगरी स्मारक विकास समितिको सल्लाहकारमा केदार न्यौपाने, विरोध खतिवडा, रामनारायण बिडारी, ललित बस्नेत, श्रीचन्द्र शर्मा, माधव सुवेदी र तिलकप्रसाद दुलाल चयन हुनुभएको छ ।