• गृहपृष्ठ
  • राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा

राष्ट्रपति एवं उपराष्ट्रपतिद्वारा कमलपोखरीमा छठपूजा

Nov 2nd, 2019

काठमाडौँ, १६ कात्तिक (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाताको पूजा आराधना गर्नुभयो । 

राष्ट्रपति भण्डारी कमलपोखरीस्थित छठ घाट निर्माण गरिएको स्थलमा पुग्नुहुँदा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका अध्यक्षहरु, कमलपोखरी छठ पूजा समाजका पदाधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।

कमलपोखरीमा नौ वर्षअघिदेखि छठ पूजा आयोजना गर्न सहयोग गर्नुहुनेहरुलाई राष्ट्रपति भण्डारीले सम्मानसमेत गर्नुभयो । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमलपोखरी पुगेर छठीमाताको पूजा आराधना गर्नु भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले नागपोखरीमा निर्माण गरिएको छठ घाटमा पूजा आराधना गर्नुभई अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।