पाँच राउण्ड गोली सहित पक्राउ

Nov 2nd, 2019

सोलुखुम्बु, १६ कात्तिक
सोताङ गाउँपालिका-१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित महाकुलुङ गाउँपालिका-१ बस्ने ३४ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।