• गृहपृष्ठ
  • आफ्नै भाइको छोरालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै भाइको छोरालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Nov 2nd, 2019

नुवाकोट, १६ कात्तिक
धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-१२ देउराली लामाटोल बस्ने ककनी गाउँपालिका-३ चाउथे घर भएकी २८ वर्षीया पार्वती राना मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बेलकोटगढी नगरपालिका-१२ देउराली लामाटोलस्थित माईतीघरमा बस्दै आएकी पार्वतीले आफ्नै भाइ नवराज रानामगरको छोरा ३ वर्षीय सुजन रानामगरलाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी तादिपुलबाट खटिएको प्रहरी टोलीले पार्वतीलाई सोही स्थानमा रहेको जंगलमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।