चलचित्र ‘लभ जोन’ कोे गीत सार्वजनिक

Nov 2nd, 2019

काठमाडौं, १६ कात्तिक 
चलचित्र ‘लभ जोन’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् ।

गीतको शब्द रचना तथा संगीत  शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजन मर्हजनको नृत्य निर्देशन, विश्वास भण्डारीको सम्पादन  भिडियोमा रहेको छ । ‘दिल चोरी लैजाउ’ गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ ।