अनमोल केसीको रोजाइमा जीप कम्पास

Nov 2nd, 2019

काठमाडौं, कात्तिक १६
प्रतिभाशाली युवा अभिनेता अनमोल केसीले जीप कम्पासलाई यात्राको साधनकारुपमा रोजेका छन् । लक्ष्मी पूजाका दिन आफ्ना बुबा तथा नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीसँग आएका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जीप कम्पास डेलिभरी लिएकाहुन् ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जीप कम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यो अवधिमा नेपालका लागि जीपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले दुई सय ५० भन्दा बढी युनिट जीप कम्पास विक्री गरिसकेको छ । 

‘खासमा जीप ब्रान्डकै कारण मैले जीप कम्पासलाई आफ्नो यात्राको साथीकारुपमा रोजेको हुँ । यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ । म जीप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यका बाहिर यात्रा गरिरहेको हुन्छु । अब मेरा सबै गन्तव्यमा जीप मेरा साथमा हुनेछ । म जहाँ गएपनि जीप कम्पासमै जानेछु ।’
‘ए मेरो हजुर ३’को सुटिङको बेलादेखि नै अनमोललाई जीप कम्पास मन परेको थियो । यो चलचित्रमा कम्पासको सिन राखिएको थियो । ‘अब आफ्नै जीप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’उनले भने । गाडीको डेलिभरी सँगै जीप नेपालले अनमोल केसीको सम्मानमा उनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो । 

जीप कम्पासमा पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध छ जसले अधिकतम १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्स मिसन जडान गरिएको हुन्छ । 

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएचपी बराबरको अधिकतमपावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विनक्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्छ । 

जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ । पहिलो पटक डिजेल अटोमेटिक इन्जिन लगाइएको ट्रेल हक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । यसमो २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन लगाइएको छ जसले १७० बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्न सक्छ । 

कम्पास ट्रेल हकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन र जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो जडान गरिएको छ । यसमा अटो, स्नो, मड र स्यान्ड मोडबाहक रक मोड थपिएको छ जसले गर्दा कठोर भूगोलमा पनि सजिलैसँग यात्रा गर्न सक्छ । नेपालमा जीप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँ देखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।