• गृहपृष्ठ
  • माथिल्लो त्रिशुलिमा जुट्यो लगानी,५५ अर्ब भित्रीदै

माथिल्लो त्रिशुलिमा जुट्यो लगानी,५५ अर्ब भित्रीदै

Nov 2nd, 2019

काठमाडौँ, १६ कात्तिक 

रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । आयोजनामा  अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी)को नेतृत्वमा ९ विदेशी बैंक तथा वित्तीय संस्थाले  शुक्रबार ४५३ मिलियन डलर अर्थात  ५१ अर्ब १८ करोड रुपैयाँ लगानीका लागि ऋण लगानी सम्झौता गरेका छन् । 

आयोजनामा विश्व बैंक अन्तर्गतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफस) ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने सम्झौता गरेको छ । त्यसैगरि कोरियाली निर्यात आयात (एक्जिम) बैंकले १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गन भएको छ ।

एसियाली विकास बैंकको पनि ६० मिलियन डलरसहित कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन(सीडीसी)ले पनि यसमा लगानी गर्दैछन् । 

६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँभन्दा बढी लागत रहेको यो आयोजामा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाइएको छ । 

प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट (एनडब्लूइडीसी)मा स्वपुँजीतर्फ कोरियाली सरकारी कम्पनी कोरिया साउथ इष्ट पावर लिमिटेडेको ५२ प्रतिशत, आईएफसीको १२ प्रतिशत,  कोरियाली कम्पनी डालिम इष्डट्रिजको १६ प्रतिशत र क्यायोङ कन्स्ट्रक्सनको १० प्रतिशत सेयर रहने छ ।  त्यसैगरी स्वदेशी जेड पावर कल्सल्टसहित स्थानीयवासीको १० प्रतिशत सेयर लगानी रहनेछ । लगानी भित्रिएको आधारमा भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानीको परियोजना हो । 

प्रवर्धक कम्पनीले २००७ मा यो आयोजनाको लाइसेन्स लिएको थियो । गत वर्षको चैतमा नै सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि लगानीको अभावमा यो आयोजना अहिलेसम्म अघि बढ्न सकेको थिएन । अबको केहि महिनापछि निर्माण सुरु हुने यो आयोजना २०२४ को मार्चमा निर्माण सम्पन्न गर्ने  प्रवर्धकको योजना छ।