• गृहपृष्ठ
  • भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर

भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर

Nov 2nd, 2019

नयाँ दिल्ली, १६ कात्तिक (रासस/एएनआई)

भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० विषयमा सम्झौता गरेका छन् । भारत भ्रमणमा रहनुभएका जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
 
भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई मुलुकका अधिकारीहरूबीच नौसेना, अनुसन्धान तथा विकासको क्षेत्रमा कृत्रिम वौद्धिकतालाई रोक्न हरीत शहरको गतिशिलताका लागि इन्डो–जर्मन साझेदारी र रणनीतिक आयोजनालाई मजबुत पार्न सहकार्य गर्ने बिषयमा सहमति भएको भेटपछि दुई देशद्वारा जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा नागरिक उड्डयन, अन्तर्राष्ट्रिय स्मार्ट शहरी सञ्जाल, सीप विकास र व्यावसायिक शिक्षा तथा तालीमको अनुभव आदानप्रदान गर्ने उल्लेख छ । बिमाकृत श्रमिक तथा अपाङ्ग व्यक्तिहरू व्यावसायिक रोगहरू, पुनरूद्दार तथा पेशागत तालीमका क्षेत्रलगायत बिषयमा पनि अनुभव आदानप्रदान गर्ने सहमति दुई देशले गरेका छन् ।