• गृहपृष्ठ
  • हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

Nov 2nd, 2019

जेनेभा, १६ कात्तिक (रासस/एएफपी)

हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । 

प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् ।

हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् । 

आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । गरीव देश मानिने हाइटीमा आन्दोलनका कारण इन्धनको अभाव पनि बढेको जनाइएको छ ।  

आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।