सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Nov 1st, 2019

काठमाडौं, कात्तिक १५
शंखरापुर नगरपालिका ४ फेदी जंगलमा बा.५ ख ५०७० नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जना महिला र १ जना पुरुष गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बसमा सवार ६५ जना घाइते भएकाले उद्धार गरी उपचारको लागि काठमाडौंको विभिन्न अस्पताल पठाइएकोमा उपचार पश्चात सुस्मा मेमेरियल अस्पतालबाट १६ जना र पिपुल्स लाईफ केयर साँखुबाट १४ जना गरी ३० जना डिस्चार्ज भएका छन् । अन्य ३५ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

कैलाली, बर्दगोरीया गाउँपालिका १ साझाचोक टिन बजारस्थित सडकमा ना.७ ख ६०४६ नम्बरको बसले बुधबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका ८ दिपनगर बस्ने सुगिराम चौधरीको १२ वर्षीय छोरा लक्ष्मण चौधरीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बर्दगोरीया गाउँपालिका १ मुडा बस्ने मञ्जु चौधरीको ८ वर्षीय छोरा अंशु चौधरीको भारतको लखनउमा उपचार भइरहेको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।