• गृहपृष्ठ
  • कोदालो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

कोदालो प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

Nov 1st, 2019

खोटाङ, कात्तिक १५
रुपाकोट मझुवागढी नगरपालिका ४ डाँडाखर्क बस्ने १८ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवन लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।