प्रतिबन्ध हटेपछि मेस्सी टिममा फर्किए

Nov 1st, 2019

काठमाडौं, १५ कार्त्तिक
लियोनेल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् । करिब ३ महिनाको प्रतिबन्ध पश्चात लियोनेल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका हुन् । ३ महिनाको अन्तराष्ट्रिय प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका मेस्सीले आगामी महिना ब्राजिल र उरूग्वेविरूद्ध हुने मैत्रीपुर्ण फुटबल खेल्नेछन् ।

यसै वर्ष भएको कोपा अमेरिकामा भ्रष्टाचार भएको अभिव्यक्ति दिएपछि मेस्सी प्रतिबन्धमा परेका थिए। अर्जेन्टिनाले १५ नोभेम्बरमा ब्राजिलसँग साउदी अरेवियामा खेल्नेछ भने १८ नोभेम्बेरमा इजरायलमा उरूग्वेसँग खेल्नेछ।