प्रधानमन्त्री डिस्चार्ज हुने

Oct 31st, 2019

काठमाडौँ, १४ कात्तिक (रासस)

काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।