अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता

Oct 31st, 2019

काठमाडौँ, १४ कात्तिक (रासस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेन्जेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन जानुभएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित्नुभएको थियो भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थताका कारण खेल छाड्नुभएको थियो ।

 अध्यक्ष थापालाई खुट्टाको पिँडौला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेता कार्यकर्ताले अध्यक्ष थापालाई स्वागत गरेका थिए ।

यसैबीच राप्रपा (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबरासमेत आज स्वदेश फिर्ता हुनुभएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गत असोज १८ गते निजी भ्रमणमा बेलायत जानुभएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । दुवै पार्टीबीच एकताका लागि अनौपचारिक प्रयास भइरहेको जनाइएको छ ।