• गृहपृष्ठ
  • उत्तरी कोारियाली नेताद्वारा समवेदना प्रकट

उत्तरी कोारियाली नेताद्वारा समवेदना प्रकट

Oct 31st, 2019

सोल, १४ कात्तिक (रासस/सिन्ह्वा)

उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाउनु भएको छ ।

किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाउनु भएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी  दिएको छ ।

समवेदना पत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो । 

राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा हुनुहुन्छ । किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ  । 

लामो समयदेखि बिरामी पर्नु भएका मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो  ।