• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

Oct 31st, 2019

काठमाडौं, कात्तिक १४
काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको कारले बुधबार राति ठक्कर दिँदागम्भीर घाइते भएका हाल नाम,थर,वतन नखुलेका पैदलयात्रीकरिब २५  वर्षीय पुरुषको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने कार र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

धनुषाको जनकपुर उपमहानगरपालिका ७ कबरगाहा चोकमा ना.५ ख १६७४ नम्बरको ट्रिपरले ज.१० प ७७६७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक महोत्तरी मनरा शिष्वा नगरपालिका ९ बथनाहा बस्ने ३५ वर्षीय संजिव कुमार झाको उपचारको लागि जनकपुर अंचल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई हाल फरार ट्रिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

उदयपुरको  त्रियुगा नगरपालिका ८ चुवाडे नमूना चोकमा स.२ प ८७८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदागम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिरहा सुखिपुर नगरपालिका(९ बस्ने ३० वर्षीय अबिन ठाकुरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलका चालकसिरहा लहान नगरपालिका १७ बस्ने ३२ वर्षीय  दुर्गानन्द बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गुल्मीको मुसिकोट नगरपालिका ९ नेवाखोलास्थित सडकमा लु.१ च ३५१४ नम्बरको पिकअप जिप बुधबार साँझ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खस्दा जिपमा सवार सोही ठाउँ बस्ने ७० वर्षीय राम प्रसाद खरेल र  रेशुङगा देउरे बस्ने ५८ वर्षीय मसुरी बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिपमा सवार चालक समेत अन्य४ जना गम्भीर घाइते भएकाले इमर्जेन्सी पोली क्लिनिक हटिया बाग्लुङ हुँदै लुम्बिनी मेडिकल कलेज पाल्पामालगि थप उपचार भइरहेको छ । 

रुपन्देहीको देवदह नगरपालिका ९ भलुहीस्थित पूर्वपश्चिम राजमार्गमा लु.४१ प २५०६ नम्बरको स्कुटरले बुधबार साँझ पैदलयात्रीलाई ठक्कर दिई पुन हाल नम्बर नखुलेको मोटरसाइकलमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटरमा सवार प्यूठान गौमूखी घर भएका २२ वर्षीय प्रकाश घर्ती मगरको देबदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका पैदलयात्री देवदह नगरपालिका ९ बस्ने ५० वर्षीय सुक बहादुर सुनार र स्कुटर चालक सहित अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटरनियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सिराहाको गोलबजार नगरपालिका ११ बल्कवास्थित सडकमा स.१ त १०४८ नम्बरको ट्याक्टरले बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने सालिम खानको ७ वर्षीय छोरा आदिल खानको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । 

दाङको तुलसीपुर उपमहानगरपालिका ६ स्थित सडकमा रा.१ ह ३५४९ नम्बरको अटो रिक्शा र बा.२ ख ३९५९ नम्बरको  माईक्रोबस एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका अटो रिक्शामा सवार तुलसीपुर उपमहानगरपालिका १६ बस्ने २७ वर्षीया लक्ष्मी चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।