कुटपिटबाट युवकको मृत्यु

Oct 31st, 2019

बर्दिया, कात्तिक १४
ठाकुरबाबा नगरपालिका ८ भुतकैयामा स्थानीय केटाहरुबीच मादक पदार्थ सेवन गरी बुधबार दिउँसो झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ३७ वर्षीय सतराम थारुको मृत्यु भएको छ । कुटपिट हुँदा गम्भीर घाइते भएका थारुको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा मुत्यु भएको हो । कुटपिटको क्रममा घाइते भएका अन्य ३ जनाको भारतको लखनउमा उपचार भइरहेको छ । 

ईलाका प्रहरी कार्यालय बग्नाहा र अस्थाई प्रहरी पोष्ट ठाकुरद्धाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ठाकुरबाबा नगरपालिका-७ कालागढी बस्ने ३२ वर्षीय अर्जुन बुढा लगायत ८ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।