• गृहपृष्ठ
  • राष्ट्र बैंकद्धारा प्रभु बैंकको १६ प्रतिशत लाभांश स्वीकृत

राष्ट्र बैंकद्धारा प्रभु बैंकको १६ प्रतिशत लाभांश स्वीकृत

Oct 31st, 2019

काठमाडौं, कात्तिक १४
नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले प्रभुलाई विद्यमान चुक्ता पुंजी आठ अर्ब ८९ करोड २६ लाख ७४ हजार सात सय छ रुपैयाँ मध्येबाट १६ प्रतिशतले हुने एक अर्ब ४२ करोड २८ लाख २७ हजार नौ सय ५३ रुपैयाँ बोनस सेयर वितरण गर्न स्वीकृती प्रदान गरेको हो । 

यसैगरी उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शुन्य दसमलव ८४ प्रतिशतले हुने सात करोड ४८ लाख ८५ हजार आठ सय ८२ रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्नको लागि स्वीकृती दिएको हो । राष्ट्र बैंकद्धारा स्वीकृत लाभांस बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।