• गृहपृष्ठ
  • अमेरिकाले अशान्ति फैलाएको इरानी सर्वोच्च नेताको आरोप

अमेरिकाले अशान्ति फैलाएको इरानी सर्वोच्च नेताको आरोप

Oct 31st, 2019

तेहरान, १४ कात्तिक (रासस/सिन्ह्वा)

इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाउनु भएको छ ।

पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले अमेरिका र पश्चिमी गुप्तचरहरूका कारण अशान्ति फैलिएको टिप्पणी गर्नुभएको हो ।

उनीहरूको पछाडि अन्य केही प्रतिक्रियावादी तथा प्रतिगामी देश र निकायहरू पनि लागेको उहाँको भनाइ छ ।

सर्वोच्च नेता खमेनीले आफ्नाविरुद्ध गलत भूमिका खेल्नेहरूलाई निगरानीमा राख्न पनि आह्वान गर्नुभयो ।

पछिल्ला केही हप्ता इरान, लेबनानलगायतका देशमा भइरहेको आन्दोलनलाई लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

ती देशहरूमा शासन व्यवस्थाको पुनःसरचना, सार्वजनिक सेवामा सुधार, भ्रष्टाचार अन्त्य, रोजगारीको सृजना, आर्थिक वृद्धिलगायतका माग राख्दै आन्दोलन भइरहेका छन् ।