• गृहपृष्ठ
  • पेनाल्टीमा आर्सनललाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

पेनाल्टीमा आर्सनललाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

Oct 31st, 2019

काठमाडौं, १४ कार्त्तिक 
आर्सनललाई पेनाल्टीमा पराजित गर्दै लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आर्सनललाई पेनाल्टीमा ५-४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म ५-५ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको थियो ।

खेलको छैठौं मिनेटमा आर्सनलका सकड्रन मुस्ताफीले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो । आत्मघाती गोलबाट पछि परेको आर्सनलले त्यसपछि लगातार ३ गोल गर्दै आत्मघाती गोलको पीडा बिर्साएको थियो। उसले खेलको १९,२६ तथा ३६ औं मिनेटमा गोल गरेको थियो । ती गोलहरू मध्ये पहिलो गोल तोरेइराले गरे भने पछिल्ला दुई गोल मार्तिनेलीले गरेका थिए ।

खेलको ४३औं मिनेटमा जेम्स मिल्नरले गोल गरेपछि लिभरपुलले पहिलो हाफसम्म ३-२ गोलको स्थितिमा पुर्‍याएको थियो । खेलको ५४ औं मिनेटमा मैटल्यान्ड निल्सले गोल गर्दै आर्सनललाई ४-२ को अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा एलेक्स चेम्बरलिन र ६२औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई ४-४ गोलको बराबरीमा ल्याए ।

खेलको ७० औं मिनेटमा गर्दै आर्सनललाई ५-४ को अग्रता दिलाएपनि ओरिगीले खेलको अतिरिक्त समयमा गोल गरेपछि लिभरपुलले ५-५ गोलको बराबरी बनायो । त्यसपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।