रोकी राखेको बसमा आगलागी

Oct 31st, 2019

काभ्रेपलाञ्चोक,  १४ कात्तिक (रासस)

अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

बा ३ ख ८०३४ नं को बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताउनुभयो ।