• गृहपृष्ठ
  • इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

इराकी कर्बलामा १८ जना प्रदर्शनकारीको मृत्यु

Oct 30th, 2019

बग्दाद, १३ कात्तिक (रासस/एपी)
इराकको कर्बालास्थित शिते शहरमा प्रदर्शनकारी विरुद्ध भएको कारबाहीमा १८ जना प्रदर्शनकारीको मृत्यु भएको एक इराकी अधिकारीले बताएका छन् ।

ती अधिकारीले उक्त घटना मंगलबार बिहानै भएको जनाएका छन् । इराकमा लगातार पाँच दिनदेखि सरकार विरुद्ध प्रदर्शन भइरहेको छ । इराकमा भ्रष्टाचार बढेको, सेवासुविधामा कमी आएको तथा अरु समस्या भोग्नु परेको भन्दै जनविद्रोह जारी छ ।

नाम बताउन नचाहने एक जना प्रत्यक्षदर्शीले कारमा हिँडिरहेका प्रदर्शनकारीलाई लक्षित गरी सादा पोशाकका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।