• गृहपृष्ठ
  • आगलागीमा परी एक जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आगलागीमा परी एक जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Oct 29th, 2019

काठमाडौं, कार्तिक १२
मोरङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने काठमाडौं, पाल्पा, संखुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब दुुई करोड एक लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका  ५ कोठेबारी बस्ने युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेको उनकै ४ वर्षीय छोरा युसन गिरीको उक्त आगलागीमा जलेर घटनास्थलमै मृत्यु भएको छ । उक्त आगलागीबाट घर पूर्णरुपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी मोरङको केराबारी गाउँपालिका ८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा घरभित्र रहेको नगद, सुनका गरगहना, अन्नपात, लत्ताकपचा, भाँडाबर्तन लगायतका सामान जलेर करिब २१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको  छ । 

पाल्पाको माथागढी गाउँपालिका ६ सातपोखरी बस्ने ६४ वर्षीय मन बहादुर शारुको घरमा आइतबार राति आगलागी हुँदा करिब चार लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

संखुवासभाको मकालु गाउँपालिका ५ नुम बजार बस्ने रण बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर लगायतका सामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

बझाङको जयपृथ्वी नगरपालिका १० स्थित छविसपाथिभेरा गाउँपालिका ६ घर भएका ४५ वर्षीय शमुद्र दमाईको सिलाई कटाई पसलमा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चौकी टोलस्थित राम प्रसाद यादवको कपास गोदाममा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
पर्साको वीरगंज महानगरपालिका १७ अलौ बस्ने राजेश साह तुरहाको गोठमा आइतबार राति आगलागी हुँदा करिब दुुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहटको गुजरा नगरपालिका ९ भंगाह टोल बस्ने छट्टु ठाकुर लोहारको घरमा आइतबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ कुमाल गाउँ बस्ने रुपा नेवारको घरमा आइतबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  बाँकेको नेपालगंज उपमहानगरपालिका १४ नयाँ बस्ति बस्ने सारदा मिश्रको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका ११ बिपि चोकस्थित नारायण पाण्डेको कपडा पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ खम्दिम्बे बस्ने २८ वर्षीय रमेश भट्टराईको पसलमा आइतबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

धनुषाको धनौजी गाउँपालिका ३ कटैया बस्ने झगरु यादवको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा सबै स्थानका आगलागी प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।