अवैध लागूऔषध सहित पक्राउ

Oct 29th, 2019

काठमाडौं, कार्तिक १२
नागार्जुन नगरपालिका ९ स्युचाटारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब दुुई केजी सहित सोही ठाउँ बस्ने ५१ वर्षीया रिता सिजापती र काठमाडौं गोगंबु बस्ने मकवानपुर घर भएका २६ वर्षीय उत्तम दुलाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।