• गृहपृष्ठ
  • जुवा तास खेल्ने बिरुद्ध प्रहरीको कडा अपरेसन,विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा एक सय दुुई जना पक्राउ

जुवा तास खेल्ने बिरुद्ध प्रहरीको कडा अपरेसन,विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा एक सय दुुई जना पक्राउ

Oct 29th, 2019

काठमाडौं, कार्तिक १२
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडा समेत आठ जनालाई नगद दुई लाख ३७ हजार पाँच सय रुपैयाँ र दुुई बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत छ जनालाई नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र तीन बुक तास  सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

गुल्मीको गुल्मीदरवार गाउँपालिका ७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका १२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई नगद दुुई लाख ८२ हजार चार सय २२ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

वर्दियाको राजापुर नगरपालिका १ बस्ने  गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार सात सय १९ रुपैयाँ र दुुई बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी वर्दियाको बाँसगढी नगरपालिका ९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने प्रताप थारु लगायत नौ जनालाई नगद ८३ हजार चार सय पाँच रुपैयाँ र  छ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।

चितवनको खैरहनी नगरपालिका १ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका १ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जनालाई नगद एक लाख ९१ हजार आठ सय ४५ रुपैयाँ र १६ थाब कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका १४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका ८ बस्ने ४२ वर्षीय कुल बहादुर भुजेल लगायत १२ जनालाई नगद तीन लाख ८४ हजार एक सय रुपैयाँ र १६ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

दाङको लमही नगरपालिका ५ लमहीबजार बस्ने ४८ वर्षीय रत्न प्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्न प्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद छ लाख ७८ हजार पाँच सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।