• गृहपृष्ठ
  • बैतडीमा एसपिएल क्रिकेट :आयोजक च्याम्पियन

बैतडीमा एसपिएल क्रिकेट :आयोजक च्याम्पियन

Oct 29th, 2019

बैतडी, १२ कात्तिक (रासस)

बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर ९एसपिएल० क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो । विजेता क्लबले रु ४४ हजार ४४४ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले रु २२ हजार २२२ पाएको छ ।  सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए ।  आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।
 
एक सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर दुई बलमा मनोज चन्दको २८ रनको मद्दतमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । शर्मालीका तर्फबाट कृषन चन्दले दुई विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए ।प्रतियोगितामा दुई अर्धसतकसहित १७९ रन र छ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले लिगको एउटा खेलमा छ बलमा छ छक्कासमेत हिर्काएका थिए । वीरेन्द्र म्यान अफ द म्याच हँुदै रु दुई हजार २२२ पुरस्कार हात पारे । यस्तै आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान रु एक हजार १११ पुरस्कार पाए ।
  
विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुुश्मा चन्दले पुरस्कार प्रदान गर्नुभएको आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा नौ टोली सहभागी थिए ।