• गृहपृष्ठ
  • प्रहरीद्धारा विभिन्न पटाका सहित ब्यक्तिहरु पक्राउ

प्रहरीद्धारा विभिन्न पटाका सहित ब्यक्तिहरु पक्राउ

Oct 28th, 2019

काठमाडौं, ११ कार्तिक 
काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका ९ गान्धी मोडस्थित न्यू निपुन किराना पसलका संचालक ४० वर्षीय निरज कार्कीलाई माल्टा बारुद पटाका ११ पाकेट, रकेट पटाका ७ वटा, चक्र पटाका १ वटा, गमला पटाका १ वटा र झिरझिरे पटाका २ वटा सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पसलमा बिक्री गर्न राखिएको उक्त पटाका सहित उनलाई पक्राउ गरेको हो । 

ललितपुरको ललितपुर महानगरपालिका १९ ईटिचोकस्थित सावित्री चप्पल पसलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय रमेश देउलालाई मेगा पावर पटाका १६ प्याकेट, चक्र पटाका २५ वटा र झिरझिरे पटाका ३ वटा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त पटाका सहित पक्राउ गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका १ नोचाबाट करिब ८० हजार रुपैयाँ मूल्य बराबरको कोब्रा किङ पटाका प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।

यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका ८ बाट करिब १० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटाकाहरु प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।

प्रहरीले सप्तरी, बोदेबर्साईन नगरपालिका ८ बेरीहाईबाट करिब ३० हजार ७ सय रुपैयाँ मूल्य बराबरका सानो र ठूलो फुलझरी ८ प्याकेट, सानो बम १० प्याकेट, नागिन पटाका १ सय २० प्याकेट, ठूलो र सानो राधेच्रक ३० प्याकेट र झिरझिरे ३० प्याकेट पटाका शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी काचनबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।  

यसैगरी सप्तरीको राजबिराज नगरपालिका १३ बाट करिब २० हजार मूल्य बराबरको विभिन्न पटका आइतबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले पटाका छाडी फरार भएका थिए ।

प्रहरीले बर्दियाको बर्दिया बढैयाताल गाउँपालिका ८ कालिकामा बेवारिसे अवस्थामा रहेका करिब २० हजार मूल्य बराबरका विभिन्न पटाका जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिएको छ ।