• गृहपृष्ठ
  • चिनियाँ राष्ट्रपति सी र ब्राजिलका राष्ट्रपति चाइरबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी र ब्राजिलका राष्ट्रपति चाइरबीच भेटवार्ता

Oct 27th, 2019

बेइजिङ,  १० कात्तिक (राससरसिन्ह्वा)

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति चाइर बोल्सोनारोसँग भेटवार्ता गर्नुभएको छ ।

बेइजिङस्थित एक सभाभवनमा भएको वार्तामा राष्ट्रपति सीले ब्राजिलियाली समकक्षी चाइरलाई स्वागत गर्नुभएको थियो । यो उहाँको पहिलो चीन भ्रमण हो । 

चीन–ब्राजिल दौत्य सम्बन्ध स्थापित भएको ४५ वर्षयता दुवै पक्षले आपसी सम्मान र साझा हितको ख्याल गर्दै ठूला विकासोन्मुख मुलुकबीचको सहयोग तथा संयुक्त विकासको नमूना बनेको राष्ट्राध्यक्ष सीले बताउनुभएको अधिकारीहरूले बताएका छन् । 

देश विकासको निर्णायक घडीमा चीन र ब्राजिलले आपसी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको नयाँ आकांक्षा सिर्जना गरेर विश्व तथा क्षेत्रीय शान्ति, स्थिरता एवम् समृद्धि संरक्षणको लागि साकारात्मक शक्ति थप्दै जाने कुरामा पनि भेटमा राष्ट्राध्यक्ष सीले जोड गर्नुभयो ।

सो अवसरमा ब्राजिलका राष्ट्रपति चाइरले चीनले विकासको भव्य उपलब्धि हासिल गरेको बताउँदै गुणस्तर तथा परिधिको दृष्टिकोणबाट पारस्परिक सम्बन्धलाई उकास्ने विस्वास व्यक्त गर्नुभयो । 

वार्तापछि दुई पक्षबीच दुईदेशबीचको सहयोग तथा सम्झौतामा हस्ताक्षर भएको छ । ब्राजिलका राष्ट्रपति चाइरको भ्रमणमा दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गरी भ्रमणका उपलब्धिहरूलाई उल्लेख गरेका छन् ।