एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Oct 27th, 2019

झापा, कात्र्तिक १०
झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट कार्तिक ८ गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने २३ बर्षिय चन्दन साह र दमक नगरपालिका ८ बस्ने २५ वर्षीय बिशाल गुरुङ छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा फेनारगन ७ वटा, लुपिजेसिक ८ वटा र डाइजापाम ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । 

एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।