• गृहपृष्ठ
  • लैंगिक हिंसाका अपराधी जो सुकै भएपनि उम्कदैन : मन्त्री थापा

लैंगिक हिंसाका अपराधी जो सुकै भएपनि उम्कदैन : मन्त्री थापा

Oct 27th, 2019

काठमाडौ, कात्र्तिक १०
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकीछन । उनले सरकारले समाजमा शान्ति, सुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउँने नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठुलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताईन । 

शनिबार लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिका काठमाडौले आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता, हिंसा रहित समाज आजको आवश्यकता ’बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले लैगिक हिंसामा सहभागी व्यक्ति उम्कन नपाउने बताएकी हुन । मन्त्री थापाले सरकारले यसै बर्ष इतिहासमै पहिलो पटक मन्त्रीपरिषदबाट निर्णय गरेर लैगिंक हिंसा विरुद्धको अभियान बर्ष मनाउने घोषणा गरेको बताईन । उनले त्यसैअनुरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैगिक हिंसा न्युनीकरणका लागि देशभर नै स्थानिय तह र प्रदेशका जनप्रतिनिधिहरु संग कार्यक्रम संचालन गर्न गइरहेको बताईन । 

मन्त्री थापाले महिलाले गरेका राम्रा कामहरुको बारेमा पनि विश्वास गर्न सक्ने वातावरण अझै बन्न नसकेको बताईन । लंगिक हिंसा न्यूनीकरणमा सञ्जालले गरेका कामहरुको बिषयमा तयार गरिएको स्मारिकाको बिमोचन गर्दे नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले पछिल्लो समय सरकारले अपराधीहरुलाई नबचाउन गरेकोमा धन्यावाद व्यक्त गरे । उनले सरकार संग  जुनसुकै व्यक्ति भएपनि निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरे । प्रदेश सांसद योगेन्द्र संग्रौलाले समाजमा विभिन्न खालका अपराध हुने बताए ।

उनले समाजमा हुने अपराधका विभिन्न रुपहरु भएपनि महिला र बालबालिकामा भइरहेका अपराध बाहिर आउनु आवश्यक भएको बताए । सांसद संग्रौलाले समाजका उच्चवर्गका वलिया मान्छेहरुले गरेको कुनै पनि प्रकारको हिंसा सहन नहुने बताए । उनले सबै हिंसाको खुलेर आवाज उठाउन आग्रह गरे ।