• गृहपृष्ठ
  • दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

Oct 27th, 2019

काठमाडौँ, १० कात्तिक (रासस)

जुुवा खालबाट नगद दुुई करोड ६० लाख सहित २५ जना ठुुला जुुवाडे पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आज आईतबार अन्दाजी बिहान दुुई बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३ महाराजगंज पिपलमार्ग स्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अबैध रुपमा जुवा खेली खेलाई रहेको भन्ने विशेष सुचनाको आधारमा मनप्र वृत्त महराजगंजका प्रमुख प्रहरी नायव उपरिक्षक उमेश लम्सालको कमाण्डमा सो स्थानमा गई चेक जाँच तथा कानुन बमोजिम खानतलासी गरेको थियो । 

सोही क्रममा विक्रम गौतमले २४ जना मानिसहरुलाई घर कोठामा राखी मिनि क्यासिनो बनाई जुवा खेलाई रहेको अवस्थामा नगद दुुई करोड ६७ लचाख रुपैयाँ, बैंक अफ काठमाडौंको तीन लाख रुपैयाँको चेक एक थान, ३२ थान कौडा र चार बुुक तास सहित २५ जनालाई पक्राउ गरिएको हो । 

पक्राउ परेको सबैलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाउन महानगरीय प्रहरी वृत्त, महाराजगंज काठमाण्डौबाट थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता बोगटीले बताएकाछन ।  

यि हुुन जुुवा खालबाट पक्राउ परेका व्यक्तिहरु 
१ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो संचालकघरधनी )

२ जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी. ।

३ दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ ।

४ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।

५ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली ।

६ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ ।

७ काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का ।

८ जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग ।

९ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग ।

१० काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी ।

११ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल ।

१२ जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग 

१३ जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं. ३ घर भई बस्ने सोवित शिलवाल ।

१४ जिल्ला ललितपुर पुल्चोक नगरपालिका वडा नं. २० बस्ने सोहेल कार्की ।

१५ काठमाण्डौ जिल्ला काठमाण्डांै महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल ।

१६ जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की ।

१७ जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा ।

१८ जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९बस्ने धावा लामा ।

१९ जिल्ला काठमाण्डौ का.म.न.पा. वाड नं. १५ बस्ने मुक्ती लामा ।

२० जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने शम्भु बुढाथोकी ।

२१ जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं. ९ गोदावरी बस्ने प्रेम थापा मगर ।

२२ जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ भाङगी बस्ने बुद्ध लामा ।

२३ जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने शम्भु शेर्पा ।

२४ जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं. ६ बस्ने नवाङ्ग लामा ।

२५ जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ घर भई बस्ने प्रदिप बोगटी ।