• गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन

प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन

Oct 26th, 2019

– विशेष प्रतिनिधि मनोज कार्की बाकु (अजरबैजान), ९ कात्तिक (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गर्नुभयो । सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू, शिख तथा जोरोअस्ट्रियनले पूजा गर्ने पाँचकुने यस मन्दिरलाई बाकुको अग्नी मन्दिर पनि भनिन्छ । 

प्रधानमन्त्री ओली असंलग्न आन्दोलनको राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सहभागी हुन बाकु आइपुग्नुभएको हो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको थियो ।