• गृहपृष्ठ
  • प्रिंयका कार्कीले आफ्नो फ्यानहरुसँग कोक मार्फत भावना साटिन

प्रिंयका कार्कीले आफ्नो फ्यानहरुसँग कोक मार्फत भावना साटिन

Oct 26th, 2019

काठमाडौ, कात्र्तिक ९

नेपाली चलचित्र जगतको लोकप्रिय अभिनेत्री प्रिंयका कार्कीले कोका–कोलाको जारी रहेको ग्राउण्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । उनले पहिलो दिन कोटेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पल कारखानाको ग्राउण्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरुसँग कोक शेयर गर्दै उनीहरुलाई पनि आफ्ना प्रियजनहरुसँग भावना व्यक्त गर्न प्रत्सोहान गरेकी छिन् । प्रिंयकाले उपभोक्ताहरुसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

दोस्रो दिन उनले आफ्नो परिवारसँग भ्रमण गरेकी थिइन र आफ्नो आमाको लागि कोका–कोलाको बोटलमा “लभ यू मामु” प्रिन्ट गरेर दिएकी थिइन । उनकीआमा छोरी प्रिंयकाको तर्फबाट कोकको बोटलमा पर्शनलाइज्ड म्यासेज प्राप्त गर्दा निकै खुसी भइन ।

दशैं र तिहारको पर्वमा कोका–कोलाले आमाहरुलाई बोलाउने प्रिय शब्द भएको ६ वटा लेबल सार्वजनिक गर्दै उपभोक्ताहरुलाई आफ्नो प्रियजनहरुसँग भावना व्यक्त गर्न प्रत्सोहान गर्दै आएको छ । चाडपर्वको विशेष अवसरमा कोका–कोलाले आफ्नो फ्यानहरुलाई कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गर्ने अवसर दिएको छ ।

ग्राउण्ड एक्टिभेसनमा भमणको क्रममा प्रियंका कार्कीले भनिन्, “म शुरुवात देखिनै मन खोलौं कोक सँग अभियानको हिस्सा बन्दै आइरहेको छु र प्रत्येक पटक हामीहरुलाई विशेष महसुस गराउने कोका–कोलाकोे अभियान मलाई निकै मनपर्छ । म कोकको बोटलमा आफ्नो प्रियजनलाई म्यासेज प्रिन्ट गर्न मिल्ने अवधारणको साच्चै प्रशंसा गर्दछु र म निश्चित छु कि उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनु भएको छ ।”