• गृहपृष्ठ
  • महालक्ष्मी नगरकमिटीले आयोजना गर्यो शुभकामना आदान प्रदान र चियापान कार्यक्रम

महालक्ष्मी नगरकमिटीले आयोजना गर्यो शुभकामना आदान प्रदान र चियापान कार्यक्रम

Oct 26th, 2019

काठमाडौं, ९ कार्त्तिक

२०७६ सालको बडा दशैं, तिहार र नेपाल संवत ११४० को अवसरमा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) महालक्ष्मी नगरकमिटीले शुभकामना आदान प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश नं ३ का ईकाइ इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतित्यथा रहेको थियो भने अतिथिहरुमा संघिय सांसद कृष्णलाल महर्जन, प्रदेश मामिला समितिका सभापती माधव पौडेल, ने.क.पा जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण बेञ्जनकार,ने.क.पा का नेताहरु शिव कट्टेल, श्रीगोविन्द महर्जन, अप्सरा चापागाईं, सरोज डंगोल, चिरञ्जीवी आचार्य, केदार के.सी, विनय बानियाँ लगायत केन्द्रिय सदस्यहरुको बाक्लै उपस्थिति रहेको थियो । 

त्यसैगरि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, नेपाली कांग्रेस नगर कमिटी सभापती दिवाकर सिल्वाल, राप्रपाका जिल्ला सभापती आनन्द अधिकारी, महालक्ष्मी नगरपालिकाका दसै वडाका वडाध्यक्ष, नगर सदस्यहरु तथा ने।क।पाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसका साथै महालक्ष्मी नगर क्षेत्रका विद्यालयका प्रध्यानाध्यापक तथा कलेजका प्राध्यापकहरुको उपस्थिति पनि रहेको थियो । 

ललितपुर जिल्ला बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका रामहरी बजगाईं, महालक्ष्मी उद्योग वाणिज्य संघका केशव श्रेष्ठको उपस्थितिमा कार्यक्रमको सभापतित्व महालक्ष्मी नगरपालिका वडा नं ७ का वडा प्रमुख नकुल थापाले गरेका थिए ।