• गृहपृष्ठ
  • स्वच्छ हराभरा शहरको नारा दिदैं चमेरोले मनायो १०औं वार्षिकोत्सव

स्वच्छ हराभरा शहरको नारा दिदैं चमेरोले मनायो १०औं वार्षिकोत्सव

Oct 26th, 2019

काठमाडौं, ९ कार्त्तिक 
स्वच्छ हराभरा शहरको नारा दिदैं चमेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक सभा सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथिमा राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै भट्टराईले यस संस्थाले अरु संस्थाले जस्तो पैसा सस्तोमा किन्ने र महंगोमा बेच्ने काम गर्नुभन्दा बेग्लै ढंगले कार्य गर्दै आएकोमा आफू खुसी भएको बताइन् । यस संस्थाले वातावरणमा रुख रोपौँ, मानिसको जीवन बचाऔँ भन्ने नारा तथा १ रुपैयाँबाट १ करोड अभियानमा लागेकोमा खुसी व्यक्त गरिन् ।

सभामा १ रुपैयाँबाट १ करोडमा साथ दिने रोहित राना श्रेत्री, इन्द्रकुमार मानन्धर, सागर के.सीलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कर्मचारी रमिला श्रेष्ठ र बिशाल अधिकारीलाई सम्मान स्वरुप पल्सर बाइक प्रदान गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक ठिमी शाखाका कर्मचारीलाई दुईवटा रुख प्रदान गरिएको थियो । शेयर दर्ता  १ करोड २६ लाख ३२ हजार रुपैयाँ संकलन गर्नुका साथै निक्षेप १८ करोड २४ लाख २६ हजार ६ सय ६३ रुपैयाँ संकलन गरेको र १८ करोड ७ लाख ६ हजार १ सय ६८ रुपैयाँ श्रृण लगानी गरेको जानकारी संस्थाका कोषध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमको सभापतित्व भिमसेन श्रेष्ठले गरेका थिए ।