• गृहपृष्ठ
  • शिवम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न

शिवम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न

Oct 26th, 2019

काठमाडौं, ९ कार्त्तिक 
नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको चौथो वािर्षक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा शुक्रवार कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  

कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक वर्ष नपग्दै दुई वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले आफ्ना शेयरधनीहरुलाई प्रति शेयर १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

समाभामा कम्पनी संचालक समितिको तर्फबाट अध्यक्ष गोयलले प्रस्तुत गरेको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका विबरणहरु पारित भएको छ । सभाले कम्पनीको चालुु आ.वको आय व्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी चार वर्षे कार्यकालका लागि पाँच जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेको छ  । 

निर्विरोध निर्वाचित हुने संचालकहरुमा सुुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारडा, अमित मोर र रोहित गुप्ता रहेका छन् । वार्षिक साधारण सभा सम्पन्न हुना साथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पुनः जिम्मेवारी दिंदैं छ सदस्यीय संचालक समितिको गठन समेत गरेको छ ।