• गृहपृष्ठ
  • प्राइम कमर्सियल बैंकको थप दुई ठाउँमा शाखा

प्राइम कमर्सियल बैंकको थप दुई ठाउँमा शाखा

Oct 26th, 2019

काठमाडौं, ९ कार्तिक 
आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा शाखाहरुको शुभारम्भ गरेको छ । यस शाखाहरुको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९९ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक मनोज पौडेलले बानियांटार शाखाको उद्घाटन गरेका हुन् । 

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।