• गृहपृष्ठ
  • एनआरएनका पदाधिकारी तथा राज्य व्यवस्था समितिका सभापतिबिच भेटवार्ता

एनआरएनका पदाधिकारी तथा राज्य व्यवस्था समितिका सभापतिबिच भेटवार्ता

Oct 26th, 2019

काठमाडौं, ९ कार्त्तिक 
गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ । संघका अनुुसार शुुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वा्चित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो । 

भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो । सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको स्मरण गराए ।  विधेयकमा नागरिकता सम्बन्धि अन्य केही विवादहरु  भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उनको भनाई थियो ।

आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उनले विश्वास दिलाए । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत आग्रह गरे । 
भेटमा संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री के. सी., मन के. सी. तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पुर्व सचिव डीबी. क्षेत्री लगायतको उपस्थिति थियो ।