• गृहपृष्ठ
  • राष्ट्रिय माझी गोल्डकपः रामेछाप र सिन्धुली फाइनलमा

राष्ट्रिय माझी गोल्डकपः रामेछाप र सिन्धुली फाइनलमा

Oct 26th, 2019

हेटौंडा, ९ कात्तिक
 मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत आज भएको सेमिफाइनल खेलहरुबाट नेपाल माझी उत्थान संघ रामेछाप र सिन्धुली विजयी बन्दै फाइनलमा पुगेका छन् ।

आज भएको पहिलो खेलमा मकवानपुर निलोलाई २–० गोल अन्तरले पराजित गर्दै रामेछाप फाइनलमा प्रवेश गरेको छ। त्यस्तै, आजको दोस्रो खेलमा सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिन्धुली फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत भोली शनिबारको फाईनल खेल २ बजे रामेछाप र सिन्धुली बीच हुनेछ ।

माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।