• गृहपृष्ठ
  • प्रम ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलको अध्यक्षता

प्रम ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलको अध्यक्षता

Oct 25th, 2019

बाकु (अजरबैजान), ८ कात्तिक (रासस) 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको आज स्थानीय समयानुसार अपराह्न अध्यक्षता गर्नुभएको छ । नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ । बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ । 

असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिनुभएको हो । उहाँले १९ औँ राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म सो बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले २० औँ सरकार प्रमुखका रुपमा सो छलफललाई सम्बोधन गर्नुहुनेछ । यसपछि राष्ट्रपति अलियेभले पुनः अध्यक्षता लिनुहुने जनाइएको छ ।