• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Oct 25th, 2019

काठमाडौं, ८ कात्तिक

सुनसरी, बर्जु गाउँपालिका-६ बर्जुतालमा को.३० प ५६२७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक देवानगंज गाउँपालिका-७ बस्ने २१ वर्षीय रबिन्द्र मेहताको उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १६ वर्षीय दिपेश कुमार यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम (पश्चिम), चौरजहारी नगरपालिका-९ सल्यानी पधेंरामा भे.१ त ५१०७ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खस्न गई दुर्घटना हुँदा टयाक्टर चालक सानोभेरी गाउँपालिका-१ बस्ने २२ वर्षीय महेन्द्र बिक र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय चन्द्र बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा, कमला नगरपालिका-२ तेलहियास्थित सडकमा ज.१२ प ६०५२ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमला नगरपालिका-३ पर्सा बस्ने २७ वर्षीय जित नारायण साहको उपचारको लागि जनकपुरबाट बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।