• गृहपृष्ठ
  • आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

Oct 25th, 2019

नबलपरासी (पश्चिम), ८ कात्तिक

आफ्नै आमा ६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सरावल गाउँपालिका-३ गोहीनी गाउँ बस्ने ४४ वर्षीय दिर्घ नारायण लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

गत असोज ३० गते घरायसी विबादको कारण दिर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको जिल्ला अस्पताल परासी हुँदै थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।