भरुवा बन्दुक सहित पक्राउ

Oct 25th, 2019

काठमाडौं, ८ कात्तिक
काभ्रे, खानीखोला गाउँपालिका-६ फलाटे बस्ने ४१ वर्षीय मान बहादुर गोलेलाई २ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तालढुङगाबाट खटिएको प्रहरीले गोलेको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो । 

तनहुँ, बन्दिपुर गाउँपालिका-५ हरेडाँडास्थित ग्रामिण सडकको जंगलमा एक नाले भरुवा बन्दुक १ थान बेबारिसे अवस्थामा फेला पारी बिहीवार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।