राप्रपा अध्यक्ष कमल थापा चीन प्रस्थान

Oct 25th, 2019

काठमाडौं, ८ कार्त्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीन तर्फ प्रस्थान गरेका छन् । ITF Grade 1 tournament अन्तर्गत ‘ITF Shenzhen Seniors Circuit 2019’ प्रतियोगितामा भाग  लिन थापा आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कनु हुने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।